२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसममा बदली, कृषि कर्ममा विशेष सचेत रहन कृषि मन्त्रालयको आग्रह

अ+ अ-

काठमाडौँ । देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ ।

पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले मौसमको पूर्ण जानकारी नलिई तत्कालका लागि कुनै पनि कृषि कार्य नगर्न किसानलाई सुझाएको छ । विशेष गरी धान काट्ने र बीउ भण्डारण गर्ने कार्यमा सचेत रहन भनिएको छ ।

भोलि बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान काट्ने कार्य केही दिनका लागि स्थगित गर्न र यदि धान काटिसकेको छ भने धान र पराल सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरिएको छ ।

त्यस्तै तरकारी, तोरी र आलुको बीउ छर्ने वा रोप्ने किसानलाई बीउ छर्नु वा रोप्नुअघि सतर्कता अपनाउन र विशेष ध्यान दिन भनिएको छ ।

ठूलो वर्षाका कारण भर्खरै रोपिएका बीउ बगाउन सक्ने वा माटोबाट उखेलिन सक्ने जोखिम रहने हुनाले बीउ र बालीको क्षतिबाट बच्न केही दिन पर्खिन र रोपिसकेको भए ब्याडमा प्लास्टिक छापो लगाउन उपयुक्त हुने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले सम्भावित क्षतिबाट बच्न किसानलाई स्थानीय सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल मार्फत पनि यस्ता सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको छ ।

किसानलाई स्थानीय मौसम पूर्वानुमान र कृषि सल्लाहका लागि सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।