२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेक लागेका पर्यटकको सुरक्षाकर्मीद्वारा उद्धार, अपर मनाङबाट चामे अस्पतालतर्फ लैजाँदै (भिडियोसहित)

अ+ अ-

मनाङ । भारी हिमपातका कारण अपर मनाङ क्षेत्रमा लेक लागेर अचेत भएका एक पर्यटकलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्। उद्धार गरिएका पर्यटकलाई हाल थप उपचारका लागि चामेस्थित जिल्ला अस्पतालतर्फ लैजाने कार्य जारी छ।

मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौड्‍यालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीहरूको टोली उद्धार कार्यमा खटिएको हो। हिमपातका कारण बाटो अवरुद्ध हुँदा उद्धार कार्य कठिन भए पनि सुरक्षाकर्मीहरूको समन्वयमा पर्यटकलाई सुरक्षित रूपमा निकालिएको प्रशासनले जनाएको छ।

भारी हिमपातका कारण अपर मनाङ क्षेत्रका सडक र पदमार्गहरू पूर्णरूपमा बन्द भएका छन्। यससँगै स्थानीयवासी र पर्यटक दुवैको जनजीवन प्रभावित भएको छ। सिडिओ पौड्याल आफैँ उद्धार टोलीसँगै स्थलमा पुगेर बाटो खुलाउने र उद्धार कार्यमा निर्देशन दिँदै सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

हिजै मात्र जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गर्दै पर्यटक, यात्रु र स्थानीयहरूलाई सजग रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको थियो । प्रशासनका अनुसार हिजोदेखि सुरु भएको हिमपात निरन्तर जारी छ, जसले यात्रुहरूको आवागमन कठिन बनाएको छ।

मनाङको अपर क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य भएकाले हिउँदमा समेत सयौँ आन्तरिक तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गर्छन्। अहिलेको मौसमी परिस्थितिका बीचमा पनि सुरक्षाकर्मीहरूको तत्परता र सहकार्यले सम्भावित ठूलो दुर्घटनाबाट बचाएको स्थानीय प्रशासनले जनाएको छ।