२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

अ+ अ-

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको छ।

प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालका लागि व्यवस्था गरिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरिएको हो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी १८ जना सुरक्षाकर्मी उपलब्ध गराइएको थियो। सो कार्यविधिअनुसार नै उनका सबै सुरक्षाकर्मी फिर्ता गरिएको हो।

नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएकाले सुविधा कटौती गरिएको ती स्रोतले जनाएको छ।

‘भ्रष्टाचार मुद्दा दर्ता भएसँगै सुरक्षा सुविधा नपाउने व्यवस्था कार्यविधिमै उल्लेख छ,’ स्रोतले भन्यो, ‘त्यसै आधारमा उनलाई उपलब्ध गराइँदै आएका सुरक्षाकर्मी फिर्ता बोलाइएको हो।’

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम बुझाएर नेपाल रिहा भएका थिए।

यसअघि पनि सरकारले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मापदण्डविपरीत प्रयोग गरेका सुरक्षाकर्मी फिर्ता गरेको थियो।