काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बाहिर धर्ना दिइरहेको छ ।
केही बेर अघिदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको छ । तर यता जेनजीको अर्को समूहले भने आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने बताउँदै बाहिर धर्ना दिइरहेको हो ।







