२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्रालयलाई इप्पानले दियो चार थान टेलिभिजन

अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ ।

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौँसँग भएको सम्झौता अनुसार आज बिहीबार चार थान टेलिभिजन हस्तान्तरण गरेको हो ।

सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङलाई इप्पान उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले हस्तान्तरण गरे । टेलिभिजन ग्रहण गर्दै सहसचिव तामाङले टेलिभिजनहरू सहायता गरेकोमा इप्पानलाई धन्यवाद दिए ।

महासचिव खतिवडाले ऊर्जा मन्त्रालयले निजी क्षेत्रका लगानीकर्ताहरूको लागि सहजीकरण गर्ने थलो भएकोले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा मन्त्रालयकै आग्रह बमोजिम सहायता गरिएको बताए ।

इप्पानद्धारा हस्तान्तरण गरिएका टेलिभिजनहरू मन्त्रालयको बैठक कक्षका साथै अन्य स्थानमा रहनेछन् । जेनजी आन्दोलनको क्रममा टेलिभिजनहरू क्षति भएपछि मन्त्रालयलाई बैठक कक्षमा प्रस्तुतीकरण लगायतमा समस्या परेको थियो ।

इप्पान उपाध्यक्ष खत्रीका अनुसार, क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माणको क्रममा सहरी विकास मन्त्रालयसँग समन्वय गरी क्षतिग्रस्त गृह मन्त्रालयमा रंगरोहणको कार्य अघि बढाएको छ ।