काठमाडौँ । जेन जेड पुस्ताकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक नयाँ मोर्चाको घोषणा गरिएको छ।
संयोजक बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै उक्त मोर्चाको घोषणा गरेकी हुन्। उनले जेन जेड आन्दोलनलाई संस्थागत गर्दै विभिन्न जेन जेड समूह र अभियन्तालाई एउटै मोर्चामा एकताबद्ध गर्ने लक्ष्य राखिएको उल्लेख गरेकी छन्।
बमको संयोजकत्वमा गठन गरिएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण लगायतका समावेश छन्।
संयोजक बमद्वारा जारी विज्ञप्तिअनुसार, उक्त मोर्चाले जेन जेड विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्ने र देशभर रहेका समान विचारधाराका जेनजी समूहलाई एउटै संरचनामा ल्याउने उद्देश्य लिएको छ।







