२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडिपीको साधारण सभा सम्पन्न, गैर आवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठुला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको आज सम्पन्न पहिलो वार्षिक साधारण सभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता ठुला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडिपी भेञ्चर तथा एनडिपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पिइभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ ।

साधारण सभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले आफ्नो लगानीलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न प्रणालीहरूको विकास गरी लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रयासहरू गरेको बताए ।

उनले अहिलेको विशिष्ट परिस्थितिमा व्यवसायीहरूको मनोबल खस्किएको र थप लगानीका लागि तयार हुन समय लाग्न सक्ने भएकोले राज्यले व्यवसायी र व्यवसायको सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन जरुरी भएको उल्लेख गरे । 

अध्यक्ष ढकालले शिथिल अर्थतन्त्रलाई लयमा ल्याउन, उत्पादन तथा रोजगारी बढाउन र समग्र उद्यमी व्यवसायीहरूको मनोबल बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिका यात्रामा अघि बढाउन यस लगानी कम्पनीले विशेष भूमिका खेल्न सक्ने भनाइ राखे ।

“अहिले मुलुकको अर्थतन्त्र विशिष्ट अवस्थाबाट गुज्रिएको छ । बजारमा मागमा भएको कमीले आर्थिक गतिविधिहरू सुस्ताएका छन् । व्यवसायीहरूमा थप र नयाँ लगानी गर्ने आँट र मनोबल खस्किँदो छ । यस्तो बेलामा हामीले यस लगानी कम्पनीमार्फत ठुला र रण नैतिक उद्योग/व्यवसायमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधिलाई अघि बढाउन, रोजगारी सृजना गर्न सक्छौ,” अध्यक्ष ढकालले भने । 

अध्यक्ष ढकालले यस लगानी कम्पनीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट व्यापक चासो व्यक्त भएको बताए । “म हालै आईएमएफको एउटा कार्यक्रममा भाग लिन संयुक्त राज्य अमेरिका पुगेको थिए । त्यहाँ मसँगको भेटमा त्यहाँ रहेका नेपालीहरूको नेपालको अहिलेको अवस्था, लगानी सम्भावना र यस लगानी कम्पनीको बारेमा धेरै चासो राखेका थिए । यस अघि पनि विभिन्न देशमा पुग्दा धेरै नेपालीहरूले यस कम्पनीका बारेमा चासो राखेका छन् । हामीले लगानीका लागि राम्रा परियोजनाहरू पहिल्याउँदै जानुपर्छ । धेरै स्वदेशी लगानीकर्ता तथा गैर आवासीय नेपालीहरूले यसमा लगानी गर्न तयार हुनुहुन्छ,” उनले भने।

साथै, उनले यस कम्पनीले स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा उद्योग/व्यवसाय स्थापना, सञ्चालन तथा विस्तार गर्नका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने, रुग्ण तथा समस्याग्रस्त उद्योग व्यवसायहरूको पुनर्उत्थान र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने परियोजनाहरूलाई आवश्यक परामर्श सेवा उपलब्ध गराइने बताए । 

अध्यक्ष ढकालले कम्पनीमार्फत लगानी गरी मुलुकको आर्थिक समृद्धि र विकासमा साझेदारी गर्न सबै उद्योगी, व्यवसायी तथा गैर आवासीय नेपालीहरूलाई आग्रह समेत गरे । एक वर्ष अघि स्थापना गरिएको यस कम्पनीको कूल पुँजी रु. १० अर्ब  रहेको छ । हाल यस कम्पनीमा ४६ जिल्लाका २४६ जना शेयर धनी रहेका छन् ।

यो कम्पनी छरिएर रहेको पुँजी एकत्रित गरी उत्पादन वृद्धि तथा रोजगारी सृजना गर्न मुलुकका ७७ वटै जिल्लामा रहेका सानादेखि ठुला उद्यमी/व्यवसायी तथा गैर आवासीय नेपालीहरूको समेत लगानीमा स्थापना गरिएको हो ।

बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरूलाई समेटी राष्ट्रिय स्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामूलक इक्यूटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो ।

जसअनुसार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ र यिनमा आबद्ध सदस्यहरूलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो ।