काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्याली निकालेको छ।
शनिवार पोखरा सभागृहबाट सुरु भएको र्याली पृथ्वी चोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जना चोक, लेक साइड हुँदै शहीद चोकमा मोटरसाइकल र्याली निकालेका हुन् ।
र्यालीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए । कार्यकर्ताहरूले पार्टीका झन्डा र ब्यानर बोकेर र्याली गरेको हो ।







