२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ

अ+ अ-

काठमाडौँ । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। गत शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त रिट आज न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशीमा चढेको हो।

यसअघि कार्तिक ९ गते सर्वोच्च अदालतले सरकारले राजदूत फिर्ता गर्ने निर्णयको लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटमा अन्तरिम आदेशको मागसमेत गरिएको छ। रिट निवेदकहरूले कामचलाउ सरकारलाई दूरगामी महत्वका राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नभएको तर्क अघि सारेका छन्।

उनीहरूका अनुसार, नयाँ राजनीतिक परिस्थितिमा अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता गर्ने प्रचलन भए पनि, चुनाव सम्पन्न गर्ने म्यान्डेट पाएको सरकारले राजदूत फिर्ता बोलाउने र नयाँ नियुक्ति गर्ने प्रक्रिया अघि बढाउनु अस्वाभाविक मात्र नभई संविधान र राजनीतिक म्यान्डेट दुवैको उल्लङ्घन हो।