२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरलाई विद्युतीय उपकरण र फर्निचर सहयोग

अ+ अ-

पर्सा । गत भदौ २३ र २४ गतेको जेन जेन आन्दोलनका क्रममा क्षतिग्रस्त वीरगञ्ज महानगरलाई विभिन्न संघसस्थाले विद्युतीय उपकरण र फर्निचर सहयोग गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आज एनपीएल सामाज कल्याण संस्थाले सात थान ‘डेस्कटप कम्प्युटर’ र तीन थान ‘प्रिन्टर’ उपलब्ध गराएको छ । वीरगञ्जस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले उक्त सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गरेको बताए ।

त्यसैगरी निजी क्षेत्रको ब्रिटानिया नेपाल प्रालिले पनि आजै महानगरका लागि २० थान कुर्सी प्रदान गरेको छ । यसअघि सूर्य नेपाल प्रालिले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ भने औषधि उत्पादक संघ, वीरगञ्ज इकाइले कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।

प्राप्त सहयोगले कार्यालय सञ्चालन गर्न सहज हुनाका साथै कर्मचारीमा मनोबल वृद्धि गरेको महानगरले जनाएको छ । महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गरे ।

“महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरी उठ्न प्रेरणा दिएको छ,” उनले भने