२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ पेज लामो नोट लखेर लेखापाल आशा लामा बेपत्ता

अ+ अ-

काठमाडौँ । रामेछापको राकाथुम माविकी लेखापाल आशा लामा घरबाट बेपत्ता भएकी छन् ।

खाँडादेवी गाउँपालिका-१ पाङखर की ३६ वर्षीया लामा आफ्नै घरबाट बेपत्ता भएकी हुन् । उनी राकाथुम माविको लेखापाल थिइन् । आइतबार बिहान करिब ४ बजेदेखि विद्यालय र घर आफन्त कसैको सम्पर्कमा नरहेको प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले बताएका छन् ।

उनको खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । कोही कसैले देखे चिने भेटे आफन्त, समुदाय र नजिकको प्रहरीमा जानकारी र सम्पर्क गरिदिन लामाको परिवारले आग्रह गरेको छ ।

प्रहरी नायव उपरीक्षक भट्टका अनुसार उनी कुनै स्क्यामरमा परेको आशंका रहेकोले मानसिक तनावका कारण कहीँ कतै गई सम्पर्कबाट टाढा रहेको हुनसक्ने आशंका छ । उनको मोबाइल स्कुटर सबै घरमै रहेको छ । उनको २ छोरी समेत रहेका छन् ।

परिवारले बुहारी बेपत्ता भएपछि प्रहरी चौकी लुभुघाटमा खबर गरेका थिए । प्रहरी उनको घर पुगेर खानतलासी गर्दा ६ पेज लामो नोट लेखेर छाडेको पाइएको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

उक्त चिठी प्रहरीले हेर्दा उनले आफू ७ लाख ६५ हजार भन्दा बढी रकम ठगीमा परेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामाले लाखौँ पैसा गुमाएपछि आत्महत्या गर्ने संकेत गरेकी छन् । उनले मर्छु कि त टाढा गएर बस्छु भनेर लेखेको पाइएको प्रहरीको भनाई छ ।

प्रहरीले उक्त नोट भेटेपछि स्थानीयको सहयोगमा जंगल खोला नालामा गएर खोजी कार्य जारी राखेको हालसम्म अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ ।

उनको श्रीमान् साउदी अरबमा छन् । उनी यहाँ सासुससुरासँग बस्दै आइरहेकी थिइन् ।