काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको हो ।
आजको बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ। यस क्रममा केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।
प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार रिक्त राजस्व सचिव र बढुवासँग पदस्थापन हुन बाँकी रहेका एक सचिवको व्यवस्थापनका क्रममा करिब आधा दर्जन सचिवहरूको सरुवा हुन सक्ने अनुमान गरिएको छ। साथै, केही सहसचिवहरूको समेत सरुवा हुने तयारी भइरहेको जनाइएको छ।







