२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालद्वारा महानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयको निरीक्षण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा गृहमन्त्री ओमप्रकाश अर्यालले निरीक्षण गरेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै आइतबार महानगर प्रहरीको टोली डोजर लिएर भत्काउन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयको पत्रपछि महानगर प्रहरीले उक्त कार्यालय नभत्काई फर्किएको थियो ।

यसैबीच सोमबार गृहमन्त्री अर्याल उक्त प्रहरी कार्यालय पुगेका थिए ।

सुरक्षा निकायको मनोबल बढाउन गृहमन्त्री अर्याल आफैँ फिल्डमा खटिएको उनको सचिवालयले बताएको छ । उनले त्यहाँ पुगेर प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित नभएको बताए ।

जेनजी आन्दोलनपछि देशभरका कार्यालय तोडफोड र आगजनी भोगेको प्रहरी प्रशासन त्यसयता त्रसित छ । यस्तो अवस्थामा प्रहरी कार्यालयमा डोजर चलाउनु उपयुक्त नभएको गृहमन्त्री अर्यालको भनाइ छ ।

सो क्रममा मनोबल बढाउने गरी गृहमन्त्री अर्याल सोमबार बालाजु, कालीमाटी र थापाथलीमा रहेका वृत्त पुगेर अवलोकन गरेका हुन् ।

सो क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर सुरक्षाको काममा खटिन निर्देशन दिएका छन् ।