काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मुलुकमा वर्तमान राजनीतिक समस्याको समाधान संविधानभित्रबाट खोजिनुपर्ने बताएका छन् ।
नेकपा एमाले रुपन्देहीको विस्तारित बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधिसभाको पुन:स्थापनामार्फत नै संविधान लिकमा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताएका हुन् ।
सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अंग बनिसकेको वास्तविकतालाई एमाले नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औँल्याउँदै उहाँले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देशव्यापी आगजनी, आक्रमण भएको बताए ।
नेता पौडेलले नेकपा एमालेको ११औँ महाधिवेशन एकताको महाधिवेशन बनाउने र नयाँ उचाइको एकता बनाउने बताए ।







