काठमाडौँ । प्रहरीले जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीलाई पक्राउ गरेको छ ।
झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराईलाई नयाँ बसपार्क गेट नजिकबाट गोंगबुबाट नियमित गस्ती पेट्रोलिङमा खटिएको प्रहरको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई शंकस्पद अवस्थामा हिँडिरहेका बेला नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिए पश्चात् आवश्यक सोधपुछ गर्दा उनी लागू औषध तथा चोरी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।







