काठमाडौँ । १९ जना शाखा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
मन्त्रालयले बुधबार साँझ शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसहित इन्जिनियर, कम्प्युटर अधिकृत र नापी अधिकृतको समेत सरुवा गरेको जनाएको छ ।









