काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ६ जना प्रहरीसहित मम्तिमा १२ जना घाइते भएका छन् ।
मधेश भवन अगाडि भएको प्रदर्शनमा ६ जना प्रहरी र ५-७ जना असन्तुष्ट पक्षका आन्दोलनकारी घाइते भएको धनुषाका प्रहरीले जनाएको छ ।
घाइते प्रदर्शनकारीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेश भवनभित्र जाँदा अवस्था तनावग्रस्त बनेको थियो ।
मधेश भवनभित्र यादवले पदभार ग्रहण गरिरहँदा बाहिर आन्दोलन चर्किएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।







