२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको प्रमुख मुद्दा नै भ्रष्टाचार भएकाले नियन्त्रण गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई नै प्रमुख मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिइएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालद्वारा काठमाडौँमा आज आयोजित ‘नेपालमा भ्रष्टाचार नियन्त्रणको भावी रणनीति’ विषयक अन्तरक्रियात्मक छलफलका वक्ताहरूले जेन जेड आन्दोलनको मूल मुद्दा नै भ्रष्टाचार नियन्त्रण र सुशासन भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा पूर्वमहालेखापरीक्षक तथा टिआइ नेपालका सदस्य टंकमणि शर्मा दंगालले विगतमा भएका भ्रष्टाचार र कुशासनले नागरिकहरूमा वितृष्ण फैलिएको उल्लेख गर्दै त्यसका लागि रणनीतिक योजनाका साथ भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि राजनीतिक दलले पनि आफूलाई सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अहिले नेपालको सम्पत्ति नै तस्कर र भ्रष्टाचारीहरूको हातमा रहेको जिकिर गरे । उनले विसं २०४६ पछिका राजनीतिक दलको सम्पत्ति आयोग बनाएरै छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक प्रतिनिधि रञ्जु झाले नेपालको प्रणाली नै परिवर्तन गर्न नसके भ्रष्टाचार रोक्न नसकिने धारणा राखेकी छन् । उनले अहिलेको नीति तथा प्रणालैकै कारण भ्रष्टाचार मौलाउँदै गएको पनि बताइन् ।

जेन जेड प्रतिनिधि ईश्वरी कार्कीले दल र नेताहरूको सम्पत्ति छानबिन गर्न जरुरी रहेको बताइन् । दलहरूले भ्रष्टाचार गरेकै कारण जेन जेड आन्दोलन भएको र जेन जेड आन्दोलनको भावना भनेको नै भ्रष्टाचार नियन्त्रण रहेकाले सबै मिलेर यसमा काम गर्न जरुरी रहेको बताइन् । 

कार्यक्रममा ट्रान्परेन्सी नेपालका अध्यक्ष मदनकृष्ण शर्माले भ्रष्टाचार नियन्त्रणका लागि कसरी अघि बढ्न सकिन्छ भनेर सुझाव लिनका लागि छलफल राखिएको बताउँदै यहाँको निष्कर्ष महत्त्वपूर्ण हुने बताए । उनले टिआइ नेपालले कार्यक्रममार्फत सुशासनको पहल थालेको पनि जानकारी दिएका छन् ।