२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन-‘जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्नुहोस्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् । 

कार्कीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवाग्राहीमैत्री सेवा प्रदान गर्दै चालु आर्थिक वर्षका निर्धारित लक्ष्य हासिल गर्न उच्च मनोबलका साथ कार्यसम्पादन निर्देशन दिएकी हुन । भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा सार्वजनिक संरचना तथा सम्पत्तिमा भएको तोडफोड र आगजनीले केही कार्यसम्पादन प्रभावित भएको बताउँदै उनले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म प्रधानमन्त्री कार्यालय र मातहतका निकायहरूको खर्च प्रतिशत सन्तोषजनक नदेखिएको बताइन् । उनले बाँकी अवधिमा सबै निकायका प्रमुखहरूले कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन्।

साथै, उनले सबै निकायले स्वीकृत वार्षिक कार्यक्रम, कार्य योजना र माइलस्टोन अनुसार समयमै तोकिएका लक्ष्य हासिल गर्न जिम्मेवारी लिनुपर्ने निर्देशन दिइन्। जेन जेड आन्दोलनका क्रममा भएको क्षतिको विवरण अद्यावधिक गरी एकीकृत प्रतिवेदन तयार गर्न पनि निर्देशन दिइन्। प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको संवेदनशील विषयसम्बन्धी इजिपी प्रणालीको सर्भर स्तरोन्नतिको लागि आवश्यक आईटी उपकरण समयमै खरिद गर्नुपर्ने आवश्यकता औँल्याइन्। यसैगरी अर्थ मन्त्रालयमा राय आवश्यक परेको विषयमा सहजीकरण गरी समयमै राय उपलब्ध गराउन पनि निर्देशन दिइन्।

फाइनान्सियल कार्य कार्यदल (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सम्बन्धित निकायहरूबाट सम्पन्न कार्यहरूको समन्वय, अनुगमन र सहजीकरण प्रधानमन्त्री कार्यालयले गर्नुपर्ने उनले औँल्याइन्। सरकार सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा प्रतिबद्ध रहेको भन्दै सार्वजनिक निकायका काम निष्पक्ष, स्वच्छ र सेवाग्राहीमैत्री हुने गरी राष्ट्रिय सतर्कता केन्द्रले निगरानी थप गर्न पनि उनले निर्देशन दिइन्।

कार्कीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले जिम्मेवारी पूरा गर्दै बाँकी आर्थिक वर्षका कार्यहरू उच्च प्राथमिकतामा राखेर लक्ष्य हासिल गर्न आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।