२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

अ+ अ-

दमौली (तनहुँ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो । 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक/एक मतदान केन्द्र रहेकामा थप एक/एक मतदान केन्द्र थप्न सिफारिस भएर जिल्लामा आएको जानकारी दिए। उनले भने, “भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्नै दुई घण्टाभन्दा बढी लाग्ने देखिएको छ । सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पालिकाबाट थपका लागि सिफारिस भएर आएको छ ।”

आइतबार बस्ने समितिको बैठकले जिल्लाका मतदान केन्द्र र मतदानस्थलका बारेमा निर्णय गर्ने प्रजिअ अधिकारीले बताए। उनले भने, “निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय गराएर पठाउन निर्देशन दिएको छ, सोही बमोजिम तयारी गरेका छौँ ।”

ऋषिङ गाउँपालिकाबाट थप गर्न माग गरिएका मतदान केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ । 

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ । 

कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्ने समय रहेकामा हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको घुइँचो लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।