२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिरभित्रै १५औँ महाधिवेशन गर्न काँग्रेस गण्डकी प्रदेश समितिको माग

अ+ अ-

कास्की । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ ।

गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिए । नियमित महाधिवेशन हुन नसकेमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने निर्णयसमेत प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको उनले जानकारी दिए ।

प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भेलाले भदौ २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमणप्रति आपत्ति जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा गर्न आवश्यक भएको र नियमित नसकिए विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।

उनले नेपाली जनतालाई साथमै लिएर काँग्रेसले आफ्नो सिद्धान्तलाई अगाडि सार्नुपर्ने भन्दै पार्टीले आफ्नो  सिद्धान्त छाड्दा जनताबाट टाढा हुँदै गएको जिकिर गरे । “जनतालाई मालिक मानेर सेवा गर्न काँग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ । त्यसका लागि महाधिवेशन हुनुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ”, सभापति शर्माले भने ।