२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीले भनिन् : ‘अस्ट्रेलियासँगको मित्रता नेपालका लागि विशेष महत्व छ’ 

अ+ अ-

काठमाडौँ। नेपाल र अष्ट्रेलियाबिचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कृति जस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन्।

अस्ट्रेलियाको दौत्य सम्बन्ध स्थापनाको ६५ बर्षको उपलक्ष्यमा नेपालस्थित अस्ट्रेलियाली दूतावासद्वारा आयोजित विशेष स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्ट्रेलियासँगको मित्रता नेपालका लागि विशेष महत्व रहेको बताएकी हुन्।

‘६ दशकभन्दा लामो नेपाल र अष्ट्रेलियाबिचको सम्बन्ध शिक्षा, व्यापार, विकास तथा संस्कतिजस्ता क्षेत्रमा सहकार्यद्वारा फैलिएको छ,’ उनले भनिन्,‘नेपालमा अस्ट्रेलियाको निरन्तरको विकास सहयोग, हाम्रो लोकतन्त्र र समावेशी रूपान्तरणको यात्रामा अष्ट्रेलियाले पुर्‍याएको निष्ठापूर्ण साथले गर्दा पनि अस्ट्रेलियासँगको मित्रता हाम्रा लागि विशेष महत्वको छ।’

उक्त अवसरमा उनले नेपाल अष्ट्रेलिया अल्मुनाई संघद्वारा प्रकाशित स्मारिका पुस्तकको लोकार्पण गरिन्। स्मारिकाका आलेखहरूमा अष्ट्रेलिया र नेपाल बिचको गहिरिँदो जनस्तरका सम्बन्धको समय क्रम र विविध आयामबारे चर्चा गरिएको छ ।

सन् १९६० मा दुई देशबिच दोत्य सम्बन्ध स्थापित भएयता अष्ट्रेलियामा रहेको नेपाली डायस्पोरा विगतका केही वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। यसले नेपाल र अष्ट्रेलियाबिचको जनस्तरको सम्बन्धलाई सांस्कृतिक रूपमा मजबुत बनाएको त छ नै अस्ट्रेलियाको बहुसाँस्कतिक समाजलाई सम्रिद्ध र जीवन्त बनाउन महत्त्वपूर्ण योगदान पनि गरेको छ।

यी दुवै राष्ट्रले द्विपक्षीय, क्षेत्रीय, र संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्। त्यस्तै, जलवायु परिवर्तन, दिगो विकास, लैंगीक समानतालगायत विश्र्वमा शान्ति स्थापना, स्थायित्व र सम्विद्धिको लागि दुवै देशको द्रिढ संकल्प रहेको छ।

जनस्तरको झाँगिदो सम्बन्ध, सार्वभैमिकताको सम्मान तथा लोकतान्त्रिक मूल्यमान्यताहरूको प्रवर्धनसँगै अष्ट्रेलिया९नेपाल सम्बन्ध अझ सशक्त बन्दै गइरहेको छ।