२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर सांसदहरूको असन्तुष्टि, विद्रोहको चेतावनी

अ+ अ-

काठमाडौँ । सांसदहरूले दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाएका छन । काम हुँदै गरेको प्रतिबद्धता जनाउने प्रवृत्तिले निरन्तरता पाए अर्को विद्रोह हुने उनीहरूको चेतावनी छ ।

कानुन र न्याय क्षेत्रको मन्त्री हुँदा समेत संवैधानिक मौलिक हक कार्यान्वयन नभए कहिल्यै हुन नसक्ने भएकोले अर्को विद्रोह जन्माउन सक्ने सांसद घनश्याम रिजालले बताए ।

‘मन्त्रीज्यू अर्को विद्रोह नजन्मिँदै यो काम (दलित एन बनाऔँ),’ रिजालले भने । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल लगायत उपस्थित रहेका छन् ।

नेपालको संविधान धारा ४० मा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था छ । यो संवैधानिक हक कार्यान्वयन हुन सकेको छैन । यही विषयमा संसदीय समिति (राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति)को बैठकमा छलफल जारी छ ।

बैठकमा रिजालसहितका सांसदहरू भुवनबहादुर सुनार, तुलप्रसाद विश्वकर्मा, विष्णुबहादुर विश्वकर्मा लगायतले नेपालमा राजतन्त्र हटे पनि सामन्तवादी सोच हट्न नसकेको बताए ।

‘यसअगाडि कम्युनिस्टका सरकार पनि बने । खै त दलित एन ?,’ तुल प्रसाद विश्वकर्माले प्रश्न गरे, ‘हामी कम्युनिस्ट हौँ कि हिन्दु कम्युनिस्ट रु व्यवहारले जवाफ दिएको छैन ।’

अर्का सांसद भुवनबहादुर सुनार मुखले विभेद हटाउँछौ भन्ने र व्यवहारमा काम नगर्ने शैली बदलिन आवश्यक रहेको बताए । ‘अब पनि व्यवहार सुध्रँदैन भने विद्रोह स्वभाविक छ,’ उनको चेतावनी छ ।