२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओलीविरुद्ध बोल्नेलाई निलम्बन र लेख्नेलाई एमालेले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहेका नेता कारबाहीमा परेका छन् ।

कोशी प्रदेश कमिटीले एमाले नेता तथा इटहरी उपमहानगरपालिका पूर्वप्रमुख द्वारिकलाल चौधरीलाई कारबाही गरेको हो । प्रदेश कमिटीले सामाजिक सञ्जालमा ओलीविरुद्ध लेखेका प्रा. डा. बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

कोशी प्रदेश समितिको नवौँ बैठकले प्रदेश कमिटी सदस्य चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । २०७४ सालमा एमालेबाट इटहरीको मेयरमा निर्वाचित चौधरी २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि माओवादी केन्द्र प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट चौधरी सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट उम्मेदवार बनेका उनी चुनाव हारेपछि एमालेमा नै फर्किए । एमालेमा फर्किएपछि उनले अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध बोलिरहे । सचेत गराउँदा अटेर गरेपछि निलम्बन गरेको प्रदेश समितिले जनाएको छ ।

उनलाई कारबाहीका लागि जिल्ला कमिटीले सिफारिस गरेको थियो । पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश समिति सल्लाहकार झापाका मनोरथ तिवारी निलम्बनमा परेका छन् ।

सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गर्दै आएका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय प्रदेश कमिटी बैठकले गरेको छ । काशीनाथ दंगाललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले धर्म छोरीका रूपमा पालेकी छोरीलाई जवरजस्ती करणी गरेको मुद्दा खेपिरहेका एमाले प्रदेश कमिटी सल्लाहकार तथा बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुव सिवाकोटीलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

एमालेले जारी गरेको अपानी (अन्तर पार्टी निर्देशन)मा पार्टी हित विपरीत कार्य गरेकाले कारबाही र स्पष्टीकरण गर्ने निर्णय भएको उल्लेख छ ।

प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई सकेसम्म सर्वसम्मत गर्न पनि निर्देशन दिएको छ ।

सर्वसम्मत नभएको स्थानमा मतदान मार्फत महाधिवेशन प्रतिनिधि छनोट हुने खतिवडाले बताए । मंसिर २७-२९ का लागि तोकिएको एमाले महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोट हुँदै छन् ।