२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा महाधिवेशन विवादबारे जुटेन सहमती, भोलि पन: छलफल हुने 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार पनि सहमति जुट्न सकेन ।

बिहीबारको बैठक शनिबारको लागि सारेर शीर्ष तहका नेताहरूको हिजो र आज अनौपचारिक छलफल भएको थियो । बैठकमा सहभागी नेताहरूको अनुसार शुक्रबार रातिसम्म सहमति हुन नसकेपछि शनिबार बिहान पुनः शीर्ष तहका नेताहरूको अनौपचारिक छलफल हुने भएको छ ।

पछिल्लो समय संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने तर विशेष महाधिवेशनको लागि गरिएको माग फिर्ता गर्नुपर्ने शर्त राखेको नेताहरूले जानकारी गराएका छन् ।

विशेष महाधिवेशन पक्षधर भने उक्त शर्त स्वीकार्न तयार छैनन् । नियमित महाधिवेशन पुसभित्रै भए विशेषको माग स्वतः निष्क्रिय हुने विशेष पक्षधरको तर्क छ । विशेष महाधिवेशनको लिखित प्रस्ताव फिर्ता नहुने केन्द्रीय सदस्य मधु आचार्यले बताए। 

काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा लिखित माग गरेर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई प्रस्ताव पेश गरेका थिए । विधान अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

महाधिवेशन चुनाव अघि वा पछि र विशेष महाधिवेशनको प्रस्तावको विषयमा विगत पाँच सातादेखि काँग्रेसमा छलफल भए पनि निकास निस्केको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । नेता डा. शेखर कोइराला नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने विचार राखेका छन् ।

सभापति शेरबहादुर देउवालाई भेटेका नेताहरूका अनुसार उनी अलमलमा देखिन्छन् । साथै, उनलाई भेट्न जाने सबै पक्षका नेताहरूलाई आपसी सल्लाह गरेर सहमति जुटाउन सुझाव दिँदै आएका छन् ।

पूर्व पदाधिकारीको एक समूह चुनावअघि कुनै पनि प्रकृतिको महाधिवेशन गर्न नहुने पक्षमा देखिएको छ ।

केन्द्रीय समिति बैठक स्थगित गरेर शीर्ष तहमा छलफलमा जुटेका नेताहरूको अनुसार शनिबारको बैठक भने स्थगित हुने छैन । 

२८ असोजदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूको बोल्ने क्रम भने सकिएको छ । महाधिवेशनको विषयमा सर्वसहमतमा निर्णय हुने परिस्थिति नबनेपछि बैठक रोकेर नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका छन् ।