२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

अ+ अ-

त्रिवेणी (नवलपरासी) । व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । 

कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए। 

किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनले बताए। नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो । कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि  विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो । “पछिल्लो पटकका परीक्षणहरूमा सागसब्जीमा विषादीको मात्रा भेटिन थालेपछि, कृषकलाई यसको प्रयोगको बारेमा सचेत गराउने अभियान सुरु गरेका हौँ”, कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले भने। 

सागसब्जी उत्पादक किसानसहित विषादी बेच्ने  एग्रोभेटका सञ्चालकहरूलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले अहिले कामहरू गरिएको उनले बताए। किसानहरूलाई सही रूपमा विषादीको प्रयोग गर्न सिकाउन, जथाभाबी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरूको बारेमा जानकारी दिनका लागि संयुक्त अभियान चलाइएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिए। उक्त क्रममा  किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गर्ने गरिएको छ ।

किसानलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने सम्भावित असरबारे जानकारी गराउने गरिएको छ । साथै, विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई सिकाउने गरिएको कृषि विकास कार्यालय नवलपुर प्रमुख तिवारीले बताए। 

किसानले विषादीको सही रूपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र कडा खालका विषादी प्रयोग गर्दा सागसब्जीमा विषादीको अवशेष भेटिने गरेको उनले बताए। 

किसानलाई विषादीको सही प्रयोग सिकाए मात्र पनि सागसब्जीमा विषादीको मात्रा घट्ने र मानव स्वास्थ्य जोगाउन सहयोग पुग्ने कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए। विषादी प्रयोग पछि विषादीको प्रकार हेरेर कति दिन टिप्न नहुने भन्ने समेत रहने हुँदा यो विषय ख्याल गरे मात्र पनि बजारका सागसब्जीमा विषादीको मात्रा घट्ने उनले बताए।  

संयुक्त पहलमा थालिएको अभियानपछि कृषकले सागसब्जीमा विषादीको मात्रा घटाउँदै गएकाले उपलब्धि राम्रो भएको उनले बताए। निरन्तर सचेतनाका कार्यक्रम गर्दै जाँदा अहिले यहाँका व्यावसायिक कृषि फर्मबाट उत्पादन हुने सागसब्जी राम्रो उत्पादन हुने थालेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए ।