२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

अ+ अ-

म्याग्दी । प्रदेश सरकारले समयमा चिकित्सकका  व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । 

अस्पतालको तथ्यांकअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट  म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका सेवाग्राही  समस्यामा परेका छन् । 

जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति व्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्‍याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे । 

“विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भए”, उनले भने, “प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।” गुरुङले श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको गुनासो गरे । 

केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो । बेनी अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए। 

“हामीले गरेको विज्ञापनमा कोही आउनुभएन”, उनले भने, “प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।” ‘निक साइमन इस्टिच्युट’को सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा सुरु भएको थियो । दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।

जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द  भएको छ । गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पतालहरू नेतृत्वविहीन भएका हुन् ।

प्रदेश सरकारको बेवास्ता : प्रदेश सभा सदस्य भण्डारी 

गण्डकी प्रदेशका ११ वटै जिल्लाका अस्पताल व्यवस्थापन समिति नेतृत्वविहीन छ । अस्पताल व्यवस्थापन समिति रिक्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको र प्रदेश अस्पताल बेनीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको विषयमा कात्तिक तेस्रो साता बसेको गण्डकी प्रदेशसभाको बैठकमा म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित हरिबहादुर भण्डारीले ध्यानाकर्षण गराएका थिए । 

उनले भने,“मैले शनिबार मात्र स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई फोनमार्फत तत्काल समस्याका विषयमा जानकारी गराएँ , उहाँले एकहप्ताभित्र समस्याको समाधान गर्छु भन्नुभएको छ । यसमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ ।  स्वास्थ्य जस्तो विषयमा सरकारले बेवास्ता गर्‍यो ।” 

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचारकक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलायसिस सेवा सञ्चालन गर्दै आएको छ । यस अस्पतालमा बर्सेनि ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।