२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित महाधिवेशनको दबाब बढाउन शेखरलाई देउवा पक्षका केन्द्रीय सदस्यहरूको आग्रह

अ+ अ-

काठमाडौँ। निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।

कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेटेर उनीहरूले नियमित महाधिवेशनका लागि दबाब बढाउन थप सक्रिय हुन उनलाई आग्रह गरेका छन् ।

कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आंगेलु शेर्पाले नियमित महाधिवेशनका लागि सक्रियता बढाउन आग्रह गरिएको बताए ।

शेर्पाले भने, ‘साथीहरूले उहाँ (शेखर कोइराला)को क्रियाशीलता कम भएकोबारे जिज्ञासा राख्नुभयो । तपाईँले नियमित महाधिवेशन पक्षमा कुरा अलि बलियो गरी नराखेको हो भनेर जिज्ञासा राख्नुभयो ।’

केन्द्रीय सदस्यहरूको जिज्ञासमा नेता कोइरालाले आफू नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै त्यसका लागि थप सक्रिय हुने जानकारी गराएको शेर्पाले बताएका छन् ।

नेता कोइरालाले विशेष महाधिवेशन गर्नै पर्ने अवस्थामा हर सम्भव केन्द्रीय समितिबाट निर्णय गराएर आह्वान गर्नुपर्ने पक्षमा पनि आफू रहेको बताएका थिए ।

कोइरालाको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नियमित महाधिवेशन पुसभित्रै गर्नुपर्ने पक्षमा म छु । विशेष महाधिवेशनमा जानुपर्ने अवस्थामा केन्द्रीय समितिले निर्णय गरेर आह्वान गर्दा उपयुक्त हुन्छ ।’

कोइरालाले शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनबारे किन निर्णय लिन सकेन भन्नेबारे आफू अनभिज्ञ रहेको बताएका थिए ।

भेटमा पार्टीका सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरू डा. मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा। गोविन्द पोखरेल, रामकृष्ण यादव लगायत सहभागी थिए । भेटमा सहभागी दुई महामन्त्री परियार र पाण्डेले पार्टीको निर्णय प्रक्रियाका बारेमा आफूहरूलाई कम जानकारी हुने गरेको बताएको शेर्पाले बताए ।

सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले निर्वाचन अघि महाधिवेशन गर्न नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उनीहरूले भेटिसकेका छन् । विशेष महाधिवेशन मागका लागि अगुवाइ गर्ने नेताहरूसँग सोमबार भेट्ने शेर्पाले जानकारी गराए । शेर्पाले भने, ‘हामी समन्वयकारी भूमिकासहित एउटा ठोस निष्कर्ष निकाल्ने प्रयासमा छौँ ।’