२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरू तयार भए विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिने

अ+ अ-

काठमाडौँ । विदेशमा रहेका नेपालीहरूसहित नेपालमा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकहरूका लागि मतदानको अवसर सुनिश्चित गर्न सकिने अध्ययनले देखाएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले मतदान कसरी गराउन सकिन्छ भनेर उपायहरू सहितको अध्ययन सकाएको छ ।

सुझावका लागि तयार उपाय कार्यान्वयनमा लैजान र विदेशमा रहेका नेपालीलाई मताधिकार दिन राजनीतिक दलहरू तयार हुनुपर्ने सुझाइएको छ ।

‘अनलाइन मतदान (आईभोटिङ) को अभ्यास गरेका देशहरूले आफैँले त्यस्तो प्रणाली विकास गर्ने वा अनुभवी र स्थापित कम्पनीहरूबाट प्रणाली खरिद गर्ने दुवै तरिका अपनाएको पाइन्छ । यस सन्दर्भमा नेपाल पनि यस प्रक्रियामा जाने हो भने प्रविधि सिकाइका लागि सुरुमा स्थापित र अनुभवी कम्पनीहरू मार्फत अनलाइन भोटिङ कार्यान्वयनमा लैजाने र बससँगै आफ्नो प्रविधि निर्माणमा पनि काम गराउँदै जाने पद्धति अपनाएर अनलाइन भोटिङको प्रयोग गर्न सकिने देखिन्छ,’ अध्ययनको निष्कर्ष छ ।

प्रतिष्ठानले आइतबार सरोकारवालाहरूसँग यो सुझावबारे छलफल समेत गरेको छ । सरोकारवालाहरूलाई वितरण गरिएको विवरणमा भनिएको छ,’ यो दीर्घकालीन रूपमा सर्वसुलभ, मितव्ययीरकिफायती, पहुँचयोग्य, चुस्त, पारदर्शी, सहभागितामूलक, सुरक्षित र प्रभावकारी हुने देखिन्छ ।’

सुझाव खण्ड कार्यान्वयनमा राजनीतिक दलहरू तयार हुनुपर्ने उल्लेख छ ।

‘विना विभेद् सबै नागरिकहरूलाई मताधिकार दिन नेपालको संविधानले बाटो खुला गरेको तथा यसको कार्यान्वयनका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश समेत आएको हुँदाहुँदै पनि नेपालमा बाह्य मतदान कार्यान्वयनमा लैजान नसक्नु राजनैतिक प्रतिबद्धताको कमी हो भन्ने निश्चित भएकोले यसको कार्यान्वयनमा सरकार र राजनैतिक पार्टीहरूबीच सहकार्यसहितको प्रतिबद्धता प्रकट गर्दै यस पटकको निर्वाचनबाट आवश्यकताअनुसार बहुविधिको उपयोगबाट गर्नुपर्ने देखिन्छ’ अध्ययनले भनेको छ ।

जब चुनावमा उम्मेदवारहरूबीचमा कडा प्रतिस्पर्धा हुने अवस्था हुन्छ, शक्ति प्रयोगको अभ्यास र विभिन्न प्रलोभनको तयारी हुने गरेको विगतको अनुभवले समेत प्रविधिको प्रयोग खोजेको प्रतिष्ठानको राय छ ।

‘त्यसैले, यस्ता सबैखाले अनुचित गतिविधिलाई नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन गर्न गराउन निर्वाचन प्रक्रियामा सूचना प्रविधिको प्रयोग र वहुदिवसीय चुनावको सञ्चालन उपयुक्त विधि भएता पनि यसमा व्यवस्थापकीय चुनौती भने धेरै नै हुन्छ,’ सुझाव खण्डमा उल्लेख छ ।

बाह्य मतदानको सन्दर्भमा प्रविधिको सहयोगमा हुलाकबाट गरिने मतदान सबैभन्दा उपयुक्त तरिका भएता पनि नेपालको हुलाक सेवाको कुशलता, प्रभावकारिता र सुरक्षाको अवस्थाका सन्दर्भमा समयमा गुणस्तरीय सेवा प्रदान गर्न सहज नदेखिने राय छ ।