२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा नेपाली वा मातृभाषा बोल्दा सजाय दिन नपाइने, सर्वोच्चद्वारा परमादेश जारी

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतले निजी विद्यालयले नेपाली वा मातृभाषा बोलेको आधारमा विद्यार्थीमाथि कुनै पनि प्रकारको कारबाही गर्न नपाउने परमादेश जारी गरेको छ ।

कानुनका विद्यार्थी आयुष बडाल, स्मृति अधिकारी र विवेक वख्रेलले दायर गरेको रिटमा गत बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले फैसला गर्दै यस्तो आदेश दिएको हो ।

गत जेठ १३ गते दायर भएको उक्त रिटमाथि दोस्रो दिन जेठ १४ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तत्काल सुनुवाइपछि अदालतले मागअनुसार निर्णय गर्दै भाषिक स्वतन्त्रता, विद्यार्थीको मौलिक अधिकार तथा संवैधानिक सर्वोच्चताका सुनिश्चिततामा जोड दिइएको छ।

आदेशको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ । कानूनका विद्यार्थीले यो कदमलाई संविधान, भाषा तथा भावी पुस्ताको सम्मान र अधिकारको रक्षा गर्ने ऐतिहासिक सफलताका रूपमा व्याख्या गरेका छन् ।