काठमाडौँ । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आइतबार आफ्नो गृह जिल्ला दोलखा पुगेका छन् । दोलखा पुग्नुभएका मन्त्री खरेल विभिन्न कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ ।
जन्मस्थल जिल्लाको कालिन्चोक गाउँपालिका-८, सुनखानी पुगेपछि स्थानीयवासीहरूले मन्त्री खरेललाई बाजागाजासहित स्वागत तथा अभिनन्दन गरेका थिए। जिल्ला प्रवेश गरे लगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गरेका थिए। स्थानीय स्तरमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने बताएका छन्।
मन्त्री खरेल आइतबार राति सदरमुकाम चरिकोटमै बास बस्ने कार्यक्रम रहेको साथै सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग छलफल तथा बैठकमा सहभागी हुने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।







