काठमाडौँ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणासमेत ८ जना र अञ्जुली बोर्डिङ स्कुल प्रा.लि.विरुद्ध मुद्दा दायर गरेको हो ।










