२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले अराजकता प्रवर्धन गरिरहेको भन्दै कठोर प्रतिवाद गर्ने अखिलको चेतावनी

अ+ अ-

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एमाले नेताहरू भानुभक्त ढकाल र महेश बस्नेतमाथि भएको दुर्व्यवहारको घटना कानुनी राज्यको उपहास भएको बताएको छ ।

‘जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ ।’ 

अखिलका अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अखिलले यस प्रकारका हर्कत बारम्बार दोहरिनुले सरकारले नै अराजकता बढाउन बल पुर्‍याएको पुष्टि हुने उल्लेख गरेको छ ।

‘यस्ता कुकृत्यहरु दोहर्‍याइँदै गरेको प्रति अनेरास्ववियु घोर निन्दा गर्दै कठोर प्रतिवादमा उत्रिने चेतावनी दिन चाहन्छौँ ।’ आइतबार विज्ञप्ति जारी गर्दै अखिलले भनेको छ, ‘बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै घटित यस प्रकारका घटनाले देशलाई थप अराजकतातर्फ धकेल्ने निश्चित छ ।’

एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत महत्वपूर्ण राजनीतिक कार्यक्रमको सिलसिलामा जाँदै गर्दा विराटनगर विमानस्थलमा कायरतापूर्वक दुर्व्यवहार गरिएकामा अखिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।