२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा नयाँ मतदाता ९ हजार ३१९ थपिए, कुल मतदाता सङ्ख्या दुई लाख ७४ हजार ५१० पुग्यो

अ+ अ-

सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सञ्चालित मतदाता नामावली दर्ता अभियानमा सिन्धुपाल्चोक जिल्लामा ९ हजार ३१९ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालित मतदाता दर्ता कार्यक्रममा कार्यालयमा उपस्थित भएर र राष्ट्रिय परिचयपत्रमार्फत गरी कुल ९ हजार ३१९ जनाले नाम दर्ता गरेका हुन् ।

सूचना अधिकारी सर्मिला चौलागाईंले दिएको जानकारीअनुसार कार्यालयमा प्रत्यक्ष उपस्थित भएर २ हजार ३८० जनाले मतदाता नामावली दर्ता गराएका छन् । जसमध्ये पुरुष १ हजार ४५२ र महिला ९२८ जना रहेका छन् । त्यसैगरी राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन प्रक्रियाबाट ६ हजार ९३९ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएका नागरिकले घरमै बसेर अनलाइनबाट मतदाता नाम दर्ता गर्न सक्ने सुविधाका कारण कार्यालयमा भौतिक उपस्थिति भन्दा अनलाइन दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिएको कार्यालयले जनाएको छ ।

यस अवधिमा २५० जनाले मतदाता नामावलीमा ठाउँसारी र अर्का २५० जनाले नाम, ठेगाना लगायतका त्रुटि सच्याउन निवेदन दिएका छन् ।