काठमाडौँ । विभिन्न १२ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले देशभर पार्टी एकता सन्देश सभा आयोजना गर्ने तयारी गरेको छ । आगामी मङ्सिर १२ गते कैलालीको धनगढीबाट सन्देश सभा सुरु हुँदै छ ।
धनगढीमा आयोजना हुने सभाको संयोजन भीम रावलले गर्दै छन् । उनले करिब ५० हजार उपस्थिति हुने गरी कार्यक्रम तयारी गर्न सबैलाई निर्देशन दिएका छन् ।
१२ गते दिउँसो १२:३० बजे रंगशालाको दक्षिण क्षेत्रमा सभा गर्ने तयारी भइरहेको छ । कार्यक्रमको लागि विभिन्न १३ उपसमिति तयार गरिएको छ ।








