काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले एमालेमा प्रवेश गरेका छन्।
गुण्डुमा अनौपचारिक कार्यक्रम गरेर केपी ओलीले गोलेलाई पार्टीमा भित्र्याए।
स्वागत कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुंगेललगायत नेताहरू सहभागी थिए। उनले एमाले लामो इतिहास बोकेको पार्टी रहेको भन्दै विगतमा आफू यही पार्टीसँग आबद्ध रहेको बताए।
जसपा विभाजित भएको भन्दै देशमा स्थायी सरकार र अस्थिर राजनीतिको अन्त्य एमालेले मात्रै गर्न सक्ने भएकाले आफू भित्रिएको बताए।







