काठमाडौँ। हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि भीषण आगलागी भइरहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
सार्वजनिक भएका तस्बिर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठूलो क्षति भएको देखिन्छ ।
अधिकारीहरूका अनुसार घटनास्थलबाट ९ जना घाइतेलाई अस्पताल लगिएकोमा चार जनाको उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आगो सुरु भएको भवनबाट उद्धारका लागि धेरै सर्वसाधारणले प्रहरीलाई धेरै फोन आएका थिए ।
आगो बाँसको स्क्याफोल्डिङ हुँदै तीव्र गतिमा फैलिँदै आवास क्षेत्रमा रहेका कम्तीमा अन्य चार ब्लकमा क्षति पुर्याएको छ । अहिलेसम्म पनि आगो दन्किरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।







