२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली कार्यतालिका नस्वीकार्ने काँग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि महाधिवेशन नगर्ने नियतले कार्यतालिका ल्याउन लागिएको जनाउँदै त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

विशेष महाधिवेशनको मागलाई निस्तेज पार्ने गरी संस्थापन पक्षबाट कार्यतालिका आएमा त्यसलाई स्विकार्न नसकिने केन्द्रीय सदस्य मधु आचार्यले बताए । चुनावअघि वा पछि र विशेष महाधिवेशनका विषयमा काँग्रेसमा सहमति जुट्न सकेको छैन । ६ असोजदेखि रोकिएको केन्द्रीय समिति बैठकमा हालसम्म महाधिवेशनको एजेन्डामा सहमति हुन सकेको छैन ।

केन्द्रीय समितिबाट बहुमतको बलमा संस्थापन पक्षले कार्यतालिका प्रस्तुत गर्न लागेको आशंका विशेष महाधिवेशन पक्षधरले गरेका छन् । महाधिवेशनको कार्यतालिका ल्याइसकेपछि विशेष महाधिवेशन किन ? भनेर अल्मल्याउने प्रयास गरिएको केन्द्रीय सदस्य आचार्यले बताए ।

आचार्यले भने,‘ नक्कली कार्यतालिका ल्याएर पास गर्ने तयारी भएको देखिन्छ । हामीले महाधिवेशन खोजेका हौँ । कार्यान्वयन नहुने कार्यतालिका ल्याएर हामीलाई अलमल पार्ने प्रयास सफल हुन दिँदैनौँ ।’

संस्थापन पक्षले महाधिवेशन गर्ने चाहना राखे नियमित महाधिवेशन गर्न अझै पनि संस्थापन इतरका नेताहरू बताउँछन् । विशेष पक्षधरले नियमित महाधिवेशनलाई नै पहिलो प्राथमिकतामा राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित माग गरेका थिए । नियमित महाधिवेशन हुन नसकेको हकमा भने विशेषमा जानैपर्ने उक्त पक्षधरको भनाइ छ । व्यावहारिक कार्यतालिका र महाधिवेशन गर्ने नियत भए अझै पनि पुसभित्र नियमित महाधिवेशन गर्न सकिने केन्द्रीय सदस्य आचार्यले बताए । वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गरी अन्य संरचनामा चुनावपछि महाधिवेशन गर्न सकिने विकल्प आचार्यले देखाए ।

२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । प्रस्ताव गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । विशेष महाधिवेशनका मागकर्ताहरूलाई अलमल पार्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गरिएको अवस्थामा विशेष महाधिवेशनको मागलाई निष्कर्षमा पुर्‍याउने आचार्यले बताए ।

काँग्रेसमा दुई थरी विचार प्रवाह हुँदै आएको छ । वर्तमान समितिलाई यथावत् राखेर सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव जानुपर्ने संस्थापनका बहुसंख्यक नेताहरू छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान नेतृत्व लिएर चुनावमा जान नसकिने बताइरहेका छन् । नियमित महाधिवेशन गर्न नेताहरू तयार नभएको र समयको पनि चाप भएको हुँदा विशेष महाधिवेशनको विकल्प अब नभएको महामन्त्री थापाले बताए । महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशन गराउन नेताहरू सकिँदै सकिन्न भन्नुहुन्छ । नियमित गर्न सकिँदै सकिन्न भन्ने हो भने विशेष महाधिवेशनको विकल्प छैन । विधान अनुसार माग भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्नै पर्दछ ।’

२८ असोजदेखि जारी केन्द्रीय समितिमा महाधिवेशनको एजेण्डामा सहमति जुट्न सकेको छैन । महाधिवेशनको विषयमा शीर्ष तहमा सहमति नहुँदा आजका लागि तोकिएको केन्द्रीय समितिको बैठक भोलि (१२ मंसिर) का लागि सारिएको छ ।