२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु

अ+ अ-

काठमाडौँ। ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।

राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।

ट्रम्पले बेक्स्ट्रोमको मृत्युप्रति दुःख व्यक्त गर्दै भने, “उहाँ अब हामीमध्ये छैनन् । तर हामीलाई हेरिरहनुभएको छ ।“ घटनामा घाइते अर्का सैनिक २४ वर्षीय एन्ड्र्यु वोल्फ गम्भीर अवस्थामा रहेको र उसको जीवन बचाउन चिकित्सकहरू प्रयासरत रहेको पनि ट्रम्पले बताए । “उनी आफ्नो जीवनका लागि लडिरहेका छन्। हामी राम्रो समाचारको आशा गरिरहेका छौँ,“ ट्रम्पले भने ।

बुधबार भएको उक्त गोलीकाण्डलाई ट्रम्पले “भयानक आक्रमण“ र “आतङ्ककारी गतिविधि“ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। संघीय निकायहरूले यसमा अनुसन्धान जारी राखेका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको आव्रजन नीतिलाई दोष दिए। उनका अनुसार २९ वर्षीय रहमानुल्लाह लकनवाल, अफगान नागरिक, सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए । सुरक्षा अधिकारीहरूले पनि लकनवाल अफगानिस्तानबाट आएको पुष्टि गरेका छन् र उनी एक्लैले आक्रमण गरेको विश्वास गरिएको छ ।

घटना ह्वाइट हाउसबाट केही दूरीमा रहेको क्षेत्रमा भएको हो, जसलाई अधिकारीहरूले जानाजान गरिएको हमला बताएका छन् ।