काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
शुक्रबार आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर राम बहादुर रानाभाटविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
रानाभाटसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।








