काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।
निगमले रोजगारिका लागि दमाम, दोहा, दुबई र क्वालालम्पुर गन्तव्यमा जाने श्रमिक यात्रुहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको हो।
‘नेपाल वायुसेवा निगमले काठमाडौँबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको छ ।, निगमले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
निगमका अनुसार श्रम सम्झौताका आधारमा यात्रा गर्दा प्रत्येक उडानमा उपलब्ध सीट अनुसार १० प्रतिशत छुट प्रदान गरिने छ। यसका लागि आवश्यक कागजातसहित निगमका बिक्री काउन्टरबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।
यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने निगमले जनाएको छ ।







