२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १६४ पुग्यो

अ+ अ-

एएफपी । इन्डोनेसियाको सुमात्रा टापुमा मंगलवार भएको मनसुनी वर्षाका कारण बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ । ७९ जना बेपत्ता मानिसहरूको खोजी जारी रहेको जनाइएको छ ।

बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवश्यक उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेको इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी) ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ ।

एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिएका छन् । उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरू विस्थापित भएको जनाएका छन् ।

उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मङ्गलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नागेका थिए भने बाढीले धेरै पहाडी गाउँहरू बगाएको छ । बाढीका कारण  तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परे पछि लगभग उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएको जनाइएको छ ।

बाढीले धान बाली, गाईबस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरे पछि मानिसहरूको दिन चर्या नै तहस नहस बनाएको  जनाइएको छ ।