तनहुँ । जिल्ला प्रशासन कार्यालयले अतिरिक्त समय हटाएको छ । राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो ।
कार्यालयले बिहान ८:०० देखि साँझ ६:०० बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवा प्रवाह गर्दा सहज रूपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारदेखि बिहान १०:०० देखि ४:०० बजेसम्म नै सेवा सञ्चालन हुने कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।
जेन जेड प्रदर्शनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट केही समयपश्चात् आवश्यक सामग्री उपलब्ध गराएपछि सेवा प्रवाह भइरहेको छ ।







