२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।

स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएका छन् । दुई बिघामा खेती गरेका उनले लागत खर्च कटाएर वार्षिक रु. २० लाखसम्म आम्दानी हुने गरेको बताए । उनले भने, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रा मात्रै लगाउने गरेका छौँ ।”

तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्रा खेतीमा संलग्न छन् । रजालीले भने, “हामीले १४ वर्षदेखि काँक्रा खेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।”

कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्रा खेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ ।

धान बाली मात्र लगाउँदै आएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्रा खेती लगाउँदै आएकी छन् । “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा रु. दुई लाखसम्म आम्दानी हुने गरेको छ”, परियारले भनिन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

समूहसँगै व्यवसाय दर्ता गरी काँक्रा खेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिंक, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पुर्‍याउन पनि पालिकाले सहयोग गर्दै आएको छ ।