२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पनि टेक्ने ठाउँ राख्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा भएको सम्पत्ति बेचबिखन गरेर नलैजान आग्रह गरेकी छन् । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो सम्पत्ति सुरक्षित राख्न आग्रह गरेकी हुन् ।

‘जो विदेशमा हुनुहुन्छ, उहाँहरूले नेपालमा एउटा आफ्नो स्थान चाहिँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट नै किन नहोस् । एउटा राख्नुपर्छ, आफ्नो टेक्ने ठाउँ,’ उनले भनिन् ।

गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रूपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा सरकारले गर्ने बताइन् ।

उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भए पनि सुरक्षित राख्न आग्रह गरिन् । उनले सरकारले गैरआवासीय नेपालीहरूका समस्या बिस्तारै सम्बोधन हुँदै जाने बताइन् । गैरआवासीय नेपालीहरूले विगतमा पनि सहयोग गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लगानी गर्न आग्रह गरिन् ।

उनले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनीतिक दलहरूलाई एकता गर्नुपर्ने सन्देश दिएको बताइन् ।नेपालमा राजनीतिक दलहरूमा विभाजन देखिएको उल्लेख गर्दै उनले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताइन् ।