काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा-२ मा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल पोलमा ठोक्किँदा इनरुवा-१० जल्पापुरका ३९ वर्षीय हारुन अंसारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अंसारी हेलमेट नलगाई मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।







