काठमाडौँ । घनश्याम भुसाल कार्यवाहक अध्यक्ष रहेको नेकपा (संयुक्तं) ले आफ्नो पार्टीलाई घुस नखानेहरूको पार्टी बनाउने संकल्प गरेको छ।
जेन जेडको शान्तिपूर्ण आन्दोलनमा दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न समेत माग गरेको छ।
अहिलेसम्म राज्यको उच्च तहमा जिम्मेवारीमा रहेका नेता, न्यायालय, सुरक्षा निकाय र निजामती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारीलाई कारबाही गर्न गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको समेत बताए।
नेकपा संयुक्तले फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित हुने कुराको प्रत्याभूत गराउन सरकारसँग माग गरेको छ।
यस्तै, समसामयिक राष्ट्रिय राजनीतिका बारेमा पार्टीका धारणाहरू राख्न कार्यवाहक अध्यक्ष भुसालले आज पत्रकार सम्मेलन राखेको अर्यालले बताए। उनका अनुसार पत्रकार सम्मेलन २ बजे मैतीदेवीमा हुनेछ।







