२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक निर्वाचन प्रणालीका लागि खुलेको कार्यालयमा ४१ जना कर्मचारी रहने

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगमा रहनेछ।

आयोगले यसअघि मंसिर १२ गते नै सचिव महादेव पन्तलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकेको थियो।

आयोगले सोमबार प्रेस वक्तव्य जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त कार्यालय उद्घाटन गरेको जनाएको छ।

उक्त निर्वाचन प्रणालीतर्फ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ। कुल कर्मचारी ४१ जना रहने छन्।

कार्यालय उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन्।

समानुपातिक निर्वाचन प्रणालीमा सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्यांक कार्यालय समेतको सहयोगमा जातीय, भौगोलिक, लैंगिक लगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिन्छ।

यसबीच सोमबारै अर्थमन्त्री रामेश्वर खनाल र कानु नमन्त्री अनिल सिन्हाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र सरकारले उपलब्ध गराउनुपर्ने सहयोगबारे छलफल गरेको आयोगले जनाएको छ।

छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी सहायता उपलब्ध गराउने बताएका छन्।