२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे नाका हुँदै काठमाडौँ भित्रिने दुई दर्जन गाडीका तरकारी-फलफूलमा खाद्य विभागको चेकजाँच, सबै मापदण्डभित्र

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काभ्रेपलाञ्चोकको जगाती नाका हुँदै काठमाडौँ भित्र्याइएका २४ वटा सवारी साधनका फलफूल तथा ताजा तरकारीको मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत विषादी अवशेष परीक्षण गर्दा सबै ४१ वटा नमुना स्वीकृत मापदण्डभित्रै रहेको पाइएको जनाएको छ।

विभागका अनुसार केही दिनअघि राति ११ बजेदेखि ८ गते बिहान ४ बजेसम्म काभ्रे नाकामा गरिएको अनुगमनका क्रममा आलु, गाँजर, काउली, सखरखण्ड, केरा, टमाटर, साग, किवी, हलुवाबेद, बरेला, पिँडालु, सिमी, राज्मा, करेला, फर्सी, इस्कुस, केराउ, कोसा, लसुन र धनियाँलगायतका तरकारी तथा फलफूलका नमुना संकलन गरी तत्कालै परीक्षण गरिएको थियो।

यी सामग्रीहरू पनौती, चरिकोट, पाँचखाल, सिन्धुली, सिन्धुपाल्चोक, इलाम, कोसीपारी, रामेछाप, रोसी, मंगलटार र डाँडाखर्कलगायतका स्थानबाट आएका थिए भने कालीमाटी, बल्खु, ग्वार्को, जडीबुटी, सूर्यविनायक, बानेश्वर, आर्दशनगर र तिनकुने बजारमा बिक्री–वितरणका लागि ल्याइएका थिए।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले भनिन्, “परीक्षणमा सङ्कलित सबै नमुनाहरूमा जीवनाशक विषादीको अवशेष स्वीकृत सीमाभित्रै रहेको पाइएकाले यी तरकारी तथा फलफूल उपभोगका लागि सुरक्षित छन्।”

विभागले किसान र व्यापारीहरूले सुरक्षित तरिकाले उत्पादन तथा ढुवानी गरेकोमा धन्यवाद दिँदै विषादीको उचित प्रयोग र नियमित अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। उपभोक्तालाई पनि विश्वसनीय स्रोतबाट तरकारी–फलफूल खरिद गर्न र आवश्यक परे विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

पछिल्लो समय विभागले बजार अनुगमनमा कडाइ गरेको छ। दैनिक उपभोक्ताको भान्सामा पुग्ने तरकारी तथा फलफूलमा केन्द्रित छड्के जाँच निरन्तर भइरहेको र यो क्रम अब पनि जारी रहने विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन्। उनले उपभोक्ताको सजगता पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै शङ्कास्पद सामग्री देखिए तत्काल विभागलाई खबर गर्न आग्रह गरिन्।