काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देश सभा आयोजन गर्ने भएको छ ।
जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देश सभा गर्ने जनाएको छ ।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता महेन्द्र रायले जानकारी दिए ।
उनले सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको बताए ।







